बिहिबार, कार्तिक २७ २०८२

बिहिबार, कार्तिक २७ २०८२

टी-१० का लागि पूर्वकप्तान पारससहित कुशल मल्ल र करण केसी युएई प्रस्थान

टी-१० का लागि पूर्वकप्तान पारससहित कुशल मल्ल र करण केसी युएई प्रस्थान

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का, कुशल मल्ल र करण केसी युनाइटेड अरब इमिरेट्स (युएई)तर्फ प्रस्थान गरेका छन् । टी–१० लिग क्रिकेट खेल्न बिहीबार साँझ त्यसतर्फ लागेका हुन् । 

खड्का टी–१० टिम आबुधाबीको इमर्जिङ ट्यालेन्ट मेन्टरको भूमिकामा रहनेछन् । यस्तै मल्लले आबुधाबी टोलीबाट तथा केसीले पुने डेभिल्स टोलीबाट खेल्नेछन् । टी–१० लिग खेल्न नेपालका अर्का खेलाडी सोमपाल कामी यसअघि नै युएई पुगेका छन् । सोमपालले अरेबियन्स टोलीबाट खेल्नेछन् ।

टी–१० लिगका कारण खड्काबाहेक तीन जनाले हाल जारी प्रधानमन्त्री कप पुरुष एकदिवसीय प्रतियोगितामा सहभागिता जनाउन पाएनन् । खड्काले भने एउटा खेल खेलेका थिए । टी–१० लिग यही माघ १५ देखि २४ गतेसम्म सञ्चालन हुनेछ ।  
तस्बिर: पारस खड्काको ट्वीटरबाट

ताजा अपडेट
लोकप्रिय

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend