बिहिबार, कार्तिक २७ २०८२

बिहिबार, कार्तिक २७ २०८२

केपी ओलीलाई घुँडा टेकाएर मात्र आन्दोलनले विश्राम लिन्छ: घनश्याम भुसाल

केपी ओलीलाई घुँडा टेकाएर मात्र आन्दोलनले विश्राम लिन्छ: घनश्याम भुसाल

काठमाडौं। प्रचण्ड- नेपाल समूहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता घनश्याम भुसालले जारी आन्दोलनले केपी ओलीलाई घुँडा टेकाएर मात्र विश्राम लिने बताएका छन्।  

प्रतिनिधि सभा विघटनविरुद्ध काठमाडौंमा आयोजित विशाल विरोध प्रदर्शनलाई सम्बोधन गर्दै नेता भुसालले यस्तो बताएका हुन्। 

भुसालले प्रतिनिधि सभा विघटनको असंवैधानिक कदम फिर्ता लिन प्रधानमन्त्री ओलीलाई आग्रह गरे।  ‘अझै पनि समय छ, गल्ति सच्याउँदै यो कदम फिर्ता लिनुहोस्, प्रधानमन्त्री ओलीलाई आग्रह गर्दै उनले भने,  ‘यदि हैन भने, यो उपस्थितिलाई साक्षी राखेर भन्छु तपाइँलाई इतिहासको कठघरामा पुर्याइनेछ। ’ 

भुसालले ओली पराजित नभए देशमा लोकतन्त्र पराजित हुने जिकिर गरे। 

 

ताजा अपडेट
लोकप्रिय

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend