काठमाडाैं । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव प्रदेशसभामा पेस गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटनको पक्षमा उभिएको, पार्टी विरोधी गतिविधि गरेको लगायतका आरोप लगाउँदै नेकपाको प्रचण्ड–नेपाल समूहका ४५ सांसदले मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।
शुक्रबारको प्रदेश सभा बैठकमा नेकपाका सांसद तथा उद्योग, वन, वातावरण तथा पर्यटनमन्त्रीसमेत रहेका अरुण नेपालले मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव गरेका हुन् ।
सांसद नेपालले प्रदेश सभा बैठकमा मुख्यमन्त्री पौडेललाई नेकपाको संसदीय दलको नेताबाट पदमुक्त गरिएको र नयाँ मुख्यमन्त्रीको रुपमा अष्टलक्ष्मी शाक्यलाई प्रस्ताव गरिएको बताएका थिए ।
उनले मुख्यमन्त्री पौडेलले तीन वर्षको अवधिमा जनताको पक्षमा कुनै काम गर्न नसकेको, प्रदेशलाई स्थापित गर्नबाट चुकेको, कोरोना महामारीमा प्रदेश सरकारको भूमिका कमजोर रहेको, पार्टी हित विपरीत गतिविधि गरेका कारण अविश्वसको प्रस्ताव दर्ता गरेको बताएका छन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend