शुक्रबार, कार्तिक २८ २०८२

शुक्रबार, कार्तिक २८ २०८२

प्रचण्ड- माधव समूहले देशभरबाट मान्छे ल्याएर तमाशा देखायो: रायमाझी 

प्रचण्ड- माधव समूहले देशभरबाट मान्छे ल्याएर तमाशा देखायो: रायमाझी 

काठमाडौं।  ओली पक्षीय नेपाल कम्युनिष्ट पार्टी नेकपाका जनवर्गीय संगठन प्रमुख टोप बहादुर रायमाझीले प्रचण्ड( माधव समूहले देशभरबाट मान्छे ल्याएर तमाशा देखाएको बताएका छन्।  

शुक्रबार काठमाडौंमा ओली समूहको पेशागत विशेष जिल्ला कमिटीले आयोजना गरेको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै रायमाझीले यस्तो बताएका हुन्। 

हिजोका दिनमा भएका यस्ता आन्दोलन असफल फैसकेको अवस्थामा यस्ता आन्दोलनको कुनै अर्थ नहुने उनको तर्क थियो। 

तात्कालिन माओवादी पार्टी र माओवादी आन्दोलनलाई प्रचण्डले तहसनहस बनाएको भन्दै रायमाझीले यो आन्दोलनले पनि विगतमा जस्तै कुनै उपलव्धि हासिल गर्न नसक्ने जिकिर गरे। 

ताजा अपडेट
लोकप्रिय

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend