काठमाडौं । प्रधानमन्त्री केपी ओलीले प्रचण्ड–माधव पक्षले आलोचना गर्ने ठाउँ नपाएपछि बयलगाढाको प्रसङ्ग बारम्बार दोहोर्याएको बताएका छन्। ओली समूहको पेशागत विशेष जिल्ला कमिटीद्वारा काठमाडौंमा आयोजित वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री ओलीले आफ्नो पार्टी र नेपाली कांग्रेससमेतको त्यतिबेलाको एजेण्डा गणतन्त्र नभइ संवैधानिक राजतन्त्र भएको बताए।
आफुले बयलगाढा चढेर अमेरिका जान सकिँदैन भनेको स्मरण गर्दै ओलीले भने, ‘त्यो समयमा गणतन्त्र हाम्रो पार्टीको एजेण्डा नै थिएन । त्यसबेला हाम्रो पार्टी र नेपाली कांग्रेस पनि संवैधानिक राजतन्त्रको पक्षमा थियो । अझ कांग्रेसले त आफ्नो पार्टी विधानमै उल्लेख गरेको थियो। आलोचना गर्ने ठाउँ नपाएपछि तात्कालिन अवस्थामा मैले भनेको कुरालाई बारम्बार दोहोर्याएका छन्।’
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend