काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले भनेको कुरालाई अपव्याख्या गरेको बताएका छन् । उनले बयलगाढा चढेर अमेरिका जान सकिँदैन भनेको कुरालाई अपव्याख्या गरिएको बताएका हुन् ।
शुक्रबार बबरमहलमा आयोजित पेशागत कार्यकर्ता भेलामा ओलीले भने ‘मैले कुन अवस्थामा बोलेको थिएँ ? आन्दोलनको मागअनुसार बोलेको थिएँ । त्यसलाई माधव–प्रचण्डले अव्याख्या गरे ।’ माधव–प्रचण्डकाे कुरा लुकाउने बानी भएकाे पनि उनले बताए । ’उहाँहरुजस्तो लुकेर ज्ञानेन्द्रकहाँ गएर रक्सी खाने बानी छैन । मेरो लुकाउने बानी छैन । भन्नुस् कतिपटक लुकेर ज्ञानेन्द्रकहाँ गएर रक्सी खानुभयो ?’ उनले प्रश्न गरे ।
‘म जे भन्छु जे गर्छु पारदर्शी ढंगले गर्छु, लुकिचाेरी काम गर्ने मेराे बानी छैन’ उनकाे भनाइ थियाे । ओलीले प्रतिनिधिसभा पुनःस्थापनाको प्रावधान संविधानमा नरहेको र प्रचण्ड माधवले चाहना राखेर नहुने बताए । उनले वकिलहरुले अदालतमा गफ फिट्ने काम गरे पनि त्यसको अर्थ नरहेको जिकिर गरे ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा प्रचण्ड-माधव समूहले शुक्रबार गरेको विरोधसभाप्रति कटाक्ष पनि गरे । उनले त्यस समूहको प्रदर्शन सामान्य भएकाे र वास्तविक जनप्रदर्शनको झलक २३ माघमा देखाइने बताए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend