बिहिबार, कार्तिक २७ २०८२

बिहिबार, कार्तिक २७ २०८२

एम्बाप्पे र नेइमारकाे गाेलमा पीएसजीकाे फराकिलाे जित 

एम्बाप्पे र नेइमारकाे गाेलमा पीएसजीकाे फराकिलाे जित 

काठमाडाैं । फ्रेन्च लिग वान फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा पेरिस सेन्ट–जर्मेन (पीएसजी)ले जित हात पारेकाे छ । पीएसजीकाे घरेलु मैदानमा भएको खेलमा मोन्टपिलिएर ४–० ले पराजित भएकाे हो । 

पीएसजीका लागि केलियन एमबाप्पेले ३४ र ६३ औँ मिनेटमा गोल गरे । यस्तै, नेइमारले ६० औँ तथा आइकार्डीले ६१ औँ मिनेटमा गोल गरे । खेलकाे १९ औँ मिनेटमा मोन्टपिलिएरका ओम्लिनले राताे कार्ड पाएर बाहिरिएपछि १० खेलाडीमा सीमित भएकाे टिममाथि पीएसजी हाबी भएकाे थियाे । 

जितपछि शीर्ष स्थानको पीएसजीको २१ खेलबाट ४५ अंक भएको छ । 

ताजा अपडेट
लोकप्रिय

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend