शुक्रबार, कार्तिक २८ २०८२

शुक्रबार, कार्तिक २८ २०८२

माैसममा आंशिकदेखि सामान्य बदली, केही स्थानमा वर्षाकाे सम्भावना 

माैसममा आंशिकदेखि सामान्य बदली, केही स्थानमा वर्षाकाे सम्भावना 

काठमाडाैं । देशका अधिकांश स्थानमा शनिबार आंशिकदेखि सामान्य बदली रहले मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही स्थानमा पानी पर्ने सम्भावना रहेको पनि महाशाखाले जनाएकाे छ ।

अहिले देशभर पश्चिमी वायुकाे समान्य प्रभाव रहेकाे छ । 

सुदूरपश्चिम, कर्णाली, र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा प्रदेश १ र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

यस बाहेक बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

शनिबार राति सुदूरपश्चिम, कर्णाली, र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा प्रदेश १ र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहने छ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा शनिबार राति हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

ताजा अपडेट
लोकप्रिय

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend