काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले शनिबार पनि काठमाडौंका केही स्थानमा विद्युत कटौती गर्ने भएकाे छ ।
काठमाडौँको महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतको बासबारी फिडरमा पर्ने कपनमार्गमा ट्रान्सफर्मर मर्मत गर्नुपर्ने भएकाले सो क्षेत्रमा विद्युत कटौती हुने भएको हो । सो वितरण केन्द्र अन्तर्गतका महाराजगञ्ज, कपनमार्ग, पिपलवोट, मण्डिखाटार, रुद्रमति फाँट, तथा गंगालाल क्षेत्रमा बिहान ११ बजेदेखि १२ बजेसम्म विद्युत कटौती हुने प्राधिकरणले जनाएको छ ।
ट्रान्सफर्मर मर्मतको काम छिटो सकिए तोकिएको समय अगाडि बत्ती आउने प्राधिकरणले जनाएकाे छ । सर्वसाधारणमा पर्न गएको असुविधाप्रति क्षमायाचना समेत गरेको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend