बिहिबार, कार्तिक २७ २०८२

बिहिबार, कार्तिक २७ २०८२

विप्लवकाे बन्द प्रभाव : गाडीमा आगजनी, ठाउँ-ठाउँमा शंकास्पद वस्तु फेला 

विप्लवकाे बन्द प्रभाव : गाडीमा आगजनी, ठाउँ-ठाउँमा शंकास्पद वस्तु फेला 

काठमाडाैं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको प्रभाव आंशिक मात्रामा परेकाे छ । काठमाडौंलगायत देशका मुख्य सहरबजार नियमितझैं खुलेका छन् । सवारीसाधनको आवागमनमा पनि खासै प्रभाव परेको छैन । यद्यपि, अघिपछि भन्दा केही कम सवारीसाधन गुडेका छन् ।

उपत्यका बाहिर केही ठाउँमा विप्लवकाे बन्दकाे प्रभाव परेकाे छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ४ स्थित एक पिकअप भ्यानमा आगजनी भएको छ । हेटौंडाबाट काठमाडौं गइरहेकाे गरेको बा १३ च ७९६९ नम्बरको पिकअप भ्यानमा शनिबार बिहान अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।

आगजनीमा विप्लव समूहका कार्यकर्ताकाे हात रहेकाे अनुमान गरिएकाे छ । यसबाहेक मकवानपुरका विभिन्न स्थानमा शंकास्पद वस्तु तथा बम फेला परेकाे पनि प्रहरीले जनाएकाे छ ।

यसअघि शनिबार बिहान काभ्रेकाे बनेपामा पनि बम फेला परेकाे थियाे । बम नेपाली सेनाकाे डिस्पाेजल टोलीले डिस्पाेज गरेका थिए । काभ्रेकाे विभिन्न स्थानमा श‌ंकास्पद वस्तु भेटिएपछि बिहान अरनिकाे र बीपी राजमार्ग केही समयका लागि ठप्प गरिएकाे थियाे । 

सिरहाको मिर्चैया नगरपालिका ५ जिबाखोलाको पुलमा पनि शनिबार बिहान प्रेसर कुकर बम फेला परेको थियाे । बम फेला परेपछि पूर्व पश्चिम राजमार्गमा केही समयका लागि सवारी आवागमन बन्द गराएर डिस्पाेज गरिएकाे थियाे । 

यस्तै, बन्द गराउँदै हिँडेका विप्लव समूहका तीनजना कार्यकर्ता कैललीबाट पक्राउ परेका छन् ।

ताजा अपडेट
लोकप्रिय

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend