काठमाडौं । सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश न. १ को उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आगामी २४ घण्टामा सो स्थानमा हल्का हिमपातको सम्भावना रहेको र तराईका केही स्थानमा बिहानीपख हुस्सुरकुहिरोसमेत लाग्ने भएकाले चिसोबाट बच्नसमेत महाशाखाले अनुरोध गरेको छ ।
महाशाखाले जारी गरेको तीन दिने मौसम पूर्वानुमान तालिका अनुसार आज देशका पहाडी भू-भागहरूमा आंशिक बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ।
त्यस्तै सोमबार राति प्रदेश-१, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशको पहाडी भु-भागहरुमा आंशिक बदली रहि बाँकी भू(भागहरुमा मौसम सामान्यतया सफा रहने छ ।
मंगलबार बिहान पनि प्रदेश-१ र गण्डकी प्रदेशको पहाडी भू-भागहरूमा आंशिक बदली रहि उच्च पहाडी तथा हिमाली भु-भागका एक दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ भने बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहने महाखाशाको पूर्वानुमान छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend