logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा  ‘छ माया छपक्कै’

    युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा  ‘छ माया छपक्कै’

    4K
    Shares

    काठमाडौं । हलमा पनि दर्शकले निकै रुचाएको चलचित्र  ‘छ माया छपक्कै’लाई युटुबमा पनि उत्तिकै रुचाइएको छ । गतबर्षको दशैंमा रिलिज भएको यस चलचित्र नेपालको युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा रहेको छ ।  

    चलचित्रलाई ५ दिन अगाडि युट्युबमा सार्वजनिक गरिएको हो । अहिलेसम्म युट्युबमा यो चलचित्रलाई २७ लाख पटक हेरिएको छ भने २५ सय भन्दा बढी प्रतिक्रिया मिलेको छ । प्रतिक्रियामा धेरै जसो दर्शकले आजसम्मकै उत्कृष्ट चलचित्र भनेर लेखेका छन् ।

    देशको राजनीतिक अवस्थालाई व्यङ्ग्य गरेको यो चलचित्रलाई रोहित अधिकारीले निर्माण गरेका हुन् । दर्शकको प्रतिक्रियाबाट हौसिएका अधिकारीले ‘छ माया छपक्कै २’ पनि निर्माण गरिने बताएका छन् ।

    चलचित्रमा दिपेन्द्र लामाको निर्देशन रहेको छ भने दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी, सुपुष्पा भट्ट लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend