logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • गुल्मीको मालिकामा २  पक्की पुलको  शिलान्यास

    गुल्मीको मालिकामा २  पक्की पुलको  शिलान्यास

    5K
    Shares

    गुल्मी ।गुल्मी गाउँपालिकाको वडानम्बर ३ र ४ को सिमानामा पर्ने सिलादी,घमिर, अर्खावाग, दलिङ्ग, भिमघिटी सडक जोड्ने २ वटा पक्की पुलको शिलान्यास गरिएको छ ।

    पुलको  शिलान्यास लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले  गरेका हुन् । गाउँपालिकाको वडा नम्बर-६ अर्जै स्थित अर्जैबेसी खोलामा सिन पक्की पुल शिलान्यास गरिएको हो ।  फूलबारी, अर्जै, बोम, नेटा, बाग्लुङ सडक खण्ड अन्तर्गत अर्जैबेसी खोलामा बन्न लागेका पक्की पुलको एक कार्यक्रमको बीच पुलको शिलान्यास भएको छ।  

    मालिका गाउँपालिकाको वडानम्बर-६ अर्जैमा बन्न लागेको पक्की पुलको २ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी भ्याट बाहेक एक करोड ९० लाख १४ हजार दुइ सय ४७ रकममा पन्त निर्माण सेवासँग सम्झौता भएको छ ।

    पुलको २० मिटर लम्बाइ र ९ मिटर चौडाइ रहेको छ । गाउँपालिकाको वडा नम्बर-३ र ४ को सिमानामा पुलको २ करोड ३७ लाख २८ हजार ८२९ रुपियाँ ७१ पैसा लागत रकम रहेको छ ।

    पक्की पुल निर्माणको लागि लुम्बिनी प्रदेश सरकारले बजेको व्यवस्था मिलाएको छ । समयमै पुल निर्माण सम्पन्न भए गुल्मी जिल्ला र बागलुङ जिल्लाका नागरिकहरु लाभान्वित हुने छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend