२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

यातायात कार्यालय जुम्लाले छ महिनामा उठायो ६७ लाख राजस्व

आइतवार , माघ २०, २०८१

जुम्ला । जिल्लास्थित यातायात व्यवस्था कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को छ महिनामा ६७ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ ।

नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरणलगायतबाट चालु आव २०८१/८२ को साउनदेखि पुससम्ममा सो कार्यालयको ६७ लाख ४४ हजार रुपैयाँ राजस्व संकलन भएको निमित्त कार्यालय प्रमुख लोकबहादुर महतले जानकारी दिए ।

निमित्त कार्यालय प्रमुख महतका अनुसार चालु आवको छ महिनामा यातायात क्षेत्रको आम्दानीतर्फ १० लाख ४२ हजार, चालक अनुमतिपत्र (लाइसेन्स), सवारीसाधन दर्ता किताब (ब्लुबुक) दस्तुर ३० लाख ३५ हजार रुपैयाँ र सवारी साधनकरतर्फ २६ लाख ६६ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

यस्तै, चालु आवको सो अवधिमा पुस मसान्तसम्म एक सय १३ वटा सवारीसाधन दर्ता भएको निमित्त कार्यालय प्रमुख महतको भनाइ छ ।

कार्यालय स्थापनादेखि हालसम्म निजी र सरकारी सवारीसाधन गरी तीन हजार दुईसय ३३ वटा सवारीसाधन दर्ता भएको यातायात व्यवस्था कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट