logo

२०८१ माघ २५ शुक्रबार

logo
  • शुक्रबार, २५ माघ २०८१
  • Advertisment

    Sunaulo Nepal

    सबै युवा तथा बालबालिकालाई खेलकुदमा जोड्न आवश्यक छ : मुख्यमन्त्री कँडेल

    सबै युवा तथा बालबालिकालाई खेलकुदमा जोड्न आवश्यक छ : मुख्यमन्त्री कँडेल

    245
    Shares
    सबै युवा तथा बालबालिकालाई खेलकुदमा जोड्न आवश्यक छ : मुख्यमन्त्री कँडेल

    काँक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सबै युवा तथा बालबालिकालाई खेलकुदमा जोड्न आवश्यक रहेको बताएका छन् । वीरेन्द्रनगरमा सञ्चालित सातौँ नगरपालिकास्तरीय राष्ट्रपति रनिङ सिल्ड छनोट प्रतियोगितामा आज उनले युवा तथा बालबालिकालाई खेलकुदमा आबद्ध गराउन सके असल नागरिक बनाउने अभियान सफल हुने उल्लेख गरे ।

    “खेलकुदले स्वस्थ, अनुशासित र सफल जीवन जिउन सहयोग गर्ने भएकाले शरीरलाई मात्रै होइन, मानसिक र सामाजिक पक्षलाई पनि मजबुत बनाउँछ, हरेक व्यक्तिले खेलकुदलाई आफ्नो जीवनको अभिन्न हिस्सा बनाउनु जरुरी छ”, मुख्यमन्त्री कँडेलले भने ।

    खेलकुद केवल मनोरञ्जनको माध्यम मात्र नभइ समग्र व्यक्तित्व विकासका लागि आवश्यक रहेको उल्लेख गर्दै उनले स्वस्थ जीवनशैली अपनाउन, मानसिक सन्तुलन कायम गर्न र सामाजिक सद्भाव बढाउनसमेत खेलकुदको आवश्यकता छ भने ।

    सातौँ नगरपालिकास्तरीय राष्ट्रपति रनिङ सिल्ड छनोट प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुनेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend