logo

२०८१ माघ २५ शुक्रबार

logo
  • शुक्रबार, २५ माघ २०८१
  • Advertisment

    Sunaulo Nepal

    महिला टी-२० आई सिरिज : नेपालको लगातार तेस्रो हार

    महिला टी-२० आई सिरिज : नेपालको लगातार तेस्रो हार

    336
    Shares
    महिला टी-२० आई सिरिज : नेपालको लगातार तेस्रो हार

    काठमाडौं । काठमाडौंमा जारी महिला टी-२० आई सिरिजमा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान आज भएको खेलमा नेपाल नेदरल्याण्डसँग १५ रनले पराजित भएको हो ।

    टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले नेपाललाई १४१ रनको कठिन लक्ष्य दियो ।

    नेपालका लागि सिता रानामगरले ५ विकेट लिएकी थिइन् ।

    नेपालले पहिलो विकेटका लागि सम्झना खड्का र ममता चौधरीले ५.५ ओभरमा ३१ रनको साझेदारी गरेका थिए । ममता सात रन बनाएर आउट भइन् भने सम्झना २३ रनमा पेभिलियन फर्किइन् ।

    पूजा महतो र कप्तान इन्दु बर्माले ३७ रन थप्दै नेपाललाई १२.३ ओभरमा ७१ रनमा पुर्‍याए ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ४० रन बनायो ।

    उसका लागि कप्तान बाबेट डी लिडेले ३८ बल खेल्ने क्रममा चार चौका र एक छक्काको सहयोगमा ४१ रनको योगदान दिइन् । त्यसैगरी हिटर सिर्गसले २६, रोबिन रिके र फेबी मोलकिनबोरले समान २१/२१ रन जोडे ।

    बलिङतर्फ नेपालकी सीता रानामगरले सर्वाधिक पाँच विकेट लिइन् । त्यस्तै मनिषा उपाध्यायले दुई तथा कविता जोशी र इन्दु वर्माले समान एक/एक विकेट लिए ।

    प्रतियोगितामा नेपाल पहिलो जितको खोजीमा छ । नेपालले यसअघि खेलेको दुई खेलमा दुवैमा पराजित भएको थियो । नेपालले पहिलो खेलमा नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको थियो । त्यसैगरी आफ्नो दोस्रो खेलमा नेपाल थाइल्यान्डसँग चार विकेटको पराजित भएको थियो ।

    यता नेदरयाण्ड्स भने प्रतियोगितामा दोस्रो जितको खोजिमा छ । नेपाल आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको थियो भने दोस्रो खेलमा थाइल्यान्डसँग चार विकेटको पराजित भएको थियो । पहिलो खेलमा नेपाललाई पराजित गरेको नेदरल्याण्ड्स आफ्नो दोस्रो खेलमा थाइल्यान्डसँग आठ विकेटको पराजित भएको थियो । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

    आजको हारसँगै नेपालको उपाधि होड कमजोर बनेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend