logo

२०८१ माघ २५ शुक्रबार

logo
  • शुक्रबार, २५ माघ २०८१
  • Advertisment

    Sunaulo Nepal

    कञ्चनपुरमा पाटेबाघ मृत फेला

    कञ्चनपुरमा पाटेबाघ मृत फेला

    469
    Shares
    कञ्चनपुरमा पाटेबाघ मृत फेला

    कञ्चनपुर । बेलडाँडी गाउँपालिका–५ स्थित किसान मध्यवर्ती सामुदायिक वनमा आज पाटेबाघ मृत फेला परेको छ । सडेगलेको अवस्थामा बाघ फेला परेको हो ।

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेका अनुसार मृत भेटिएको भाले बाघ करिब १३ वर्ष उमेरको रहेको छ । “अनुसन्धान गर्दा बाघ बुढो भएकाले प्राकृतिक कारणले मरेको पाइएको छ,” उनले भने ।

    खरमा आगो लाग्दा बाघको शरिरको आधा भाग जलेको उनले बताए । झाडीमा बाघ मृत देखेपछि वन हेरालुले मध्यवर्ती समितिलाई जानकारी गराएको थियो । समितिले निकुञ्जलाई त्यसबारे खबर गरेको सूचना अधिकारी वाग्लेले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend