काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भन्सार नीतिले गर्दा विश्व बजारमा सुनको भाउ उकालो लागेको छ । नेपाली बजारमा आज मंगलबार सुनको मूल्य ह्वात्तै बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामै १ हजार ९ सय रुपैयाँले बढेको हो ।
हिजो स्थिर रहेको सुनको मूल्य मंगलबार भने तोलामा १ हजार ९०० रुपैयाँ बढेर तोलामा १ लाख ६४ हजार ७०० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।
सोमबार सुनको मूल्य १ लाख ६२ हजार ८०० रुपैयाँ थियो ।
महासंघका अनुसार आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा १ हजार ८९५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज तोलामा १ हजार ९३० रुपैयाँ पुगेको हो । चाँदीको मूल्य सोमबारको तुलनामा आज तोलामा ३५ रुपैयाँ बढेको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले लिएको नीतिले विश्वमा सुनको भाउ उकालो लागेको महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्य बताउछन् । क्यानाडा, मेक्सिको र चीनलगायत मुलकलाई भन्सार दर बढाउने घोषणा गरेपछि यसको असर सुन बजारमा परेको उनको भनाई छ । विश्व बजारमा सुनको भाउ प्रति आउन्स २८ सय १८ डलर पुगेको छ ।
प्रतिक्रिया दिनुहोस