logo

२०८१ माघ २५ शुक्रबार

logo
  • शुक्रबार, २५ माघ २०८१
  • Advertisment

    Sunaulo Nepal

    साहारा सहकारी ठगी प्रकरणमा रवि लामिछानेसहित १५ जनाविरुद्ध चितवनमा मुद्दा दर्ता

    साहारा सहकारी ठगी प्रकरणमा रवि लामिछानेसहित १५ जनाविरुद्ध चितवनमा मुद्दा दर्ता

    1K
    Shares
    साहारा सहकारी ठगी प्रकरणमा रवि लामिछानेसहित १५ जनाविरुद्ध चितवनमा मुद्दा दर्ता

    चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायत १५ जना र ६ वटा संस्थाविरूद्ध पूरक मुद्दा जिल्ला अदालत चितवनमा पेस गरिएको छ ।

    साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा उनीसहितका १५ जनाविरुद्ध आज मुद्दा दर्ता भएको हो ।

    सरकारी वकिलको कार्यालयले जिबी राईलगायत १७ जनाविरूद्ध सहकारी संस्थाको बचत हिनामिना गरेको अभियोगमा गत असोजमै अदालतमा मुद्दा दायर गरिसकेको थियो ।

    चितवन जिल्ला अदालतमा सोमबार नै मुद्दा दर्ताको तयारी थियो तर सरकारी वकिलहरूको कार्य व्यस्तताका कारण आज (मंगलबार) दर्ता गरिएको हो ।

    रविलाई सहकारी ठगीमा मात्रै मुद्दा दर्ता गरिएको छ भने अन्य १२ जनालाई संगठित अपराध कसुरमा पनि मुद्दा दर्ता गरिएको छ ।

    अनुसन्धान प्रतिवेदनमा यो सहकारीको ३८ करोड ९ लाख ७९ हजार रूपैयाँ हिनामिना भएको उल्लेख छ । सहकारीबाट विभिन्न कम्पनीमा गएको रकमसमेत गर्दा ५६ करोड २२ लाख ५० हजार हाराहारीमा रकम बिगो कायम हुनुपर्ने राय प्रहरीको छ ।

    साहारा सहकारीबाट गोर्खा मिडिया नेटवर्क प्रालिमा १० करोड ८० लाख १८ हजार १५१ रुपैयाँ गएको देखिएको छ । लामिछाने र छविलाल जोशी गोरखा मिडियाका सञ्चालक हुन् ।

    यसअघि लामिछाने कास्कीको सूर्यदर्शन सहकारीको मुद्दामा ६५ लाख, काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको मुद्दामा ६० लाख र रुपन्देहीको सुप्रिम सहकारीको मुद्दामा एक करोड धरौटी बुझाएर रिहा भएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend