logo

२०८१ माघ २५ शुक्रबार

logo
  • शुक्रबार, २५ माघ २०८१
  • Advertisment

    Sunaulo Nepal

    सवारी दुर्घटना न्यूनीकरण गर्न त्रियुगामा उज्यालो नगर अभियान सुरु

    सवारी दुर्घटना न्यूनीकरण गर्न त्रियुगामा उज्यालो नगर अभियान सुरु

    203
    Shares
    सवारी दुर्घटना न्यूनीकरण गर्न त्रियुगामा उज्यालो नगर अभियान सुरु

    गाईघाट (उदयपुर) । यहाँको त्रियुगा नगरपालिकामा रात्रिकालीन समयमा सवारी दुर्घटना न्यूनीकरण गर्न नगरपालिकाले उज्यालो नगर अभियान सुरु गरेको छ ।

    नगरपालिकाका अनुसार मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने गाईघाट, पुरानो गाईघाट, असारी सडकका मुख्य बजार र चोकका विद्युत् पोलमा ‘स्मार्ट लाइट’ जडान सुरु गरिएको हो । त्रिनपा–९ को गैरुन, राजाबास तथा चुहाडे क्षेत्रका मुख्य सडकका चोकहरुमा पनि स्मार्ट लाइट जडान सुरु गरिएको नगरपालिकाले जनाएको छ ।

    त्यसैगरी, सगरमाथा सडकअन्तर्गत त्रिनपा–५,४ र ३ को देउरी, बगाहा, मोतिगडा, भुल्के, खैजनपुरसहित त्रिनपा–१० बोक्से क्षेत्रको चोक र भीड हुने स्थानहरुमा स्मार्ट लाइट जडान भइरहेको छ ।

    नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेतका अनुसार नगरको ती क्षेत्रहरुमा प्रत्येक महिना सवारी दुर्घटना हुन थालेपछि दुर्घटना न्यूनीकरण गर्न उज्यालो नगर अभियान सुरु गरिएको हो ।

    विसं २०६५ सम्म नगरभित्र ५६ हजार मात्र जनसङ्ख्या रहेकामा हाल एक लाख ३० हजार पुगेको छ । यातायातका साधनहरु यस क्षेत्र हुँदै दैनिक चार हजारभन्दा बढी गुड्ने गर्दछन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend