२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा ६ महिनामा ४ अर्ब राजस्व संकलन

बुधवार , माघ २३, २०८१

वीरगञ्ज (पर्सा) । आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा चार अर्ब २० करोड ६९ लाख ५६ हजार राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले गत आवको छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने एक अर्ब चार करोड ३७ लाख बढी राजस्व सङ्कलन गरेको हो ।

आन्तरिक राजस्व कार्यालय वीरगञ्जका कार्यालय प्रमुख टिकाराज चौलागाईले गत आवको तुलनामा चालु आवमा राजस्व सङ्कलन उत्साहजनक रहेको जानकारी दिए । ‘‘चालु आवको छ महिनाको अवधिमा अन्तःशुल्क मदिरातर्फको राजस्व सङ्कलनमा वृद्धि भएको छ,’’ उनले भने ।

कार्यालयले चालु आवको छ महिनाको अवधिमा अन्तःशुल्क मदिरातर्फ एक अर्ब ४६ करोड ७३ लाख राजस्व सङ्कलन गरेको छ । जबकी गत आवको सोही अवधिमा भने अन्तः शुल्क मदिरातर्फ भने ९२ करोड ८७ लाख राजस्व सङ्कलन गरेको थियो ।

कार्यालयले चालु आवको छ महिनाकै अवधिमा अन्तःशुल्क अन्य औद्योगिक उत्पादनतर्फ भने ३१ करोड ९० लाख राजस्व सङ्कलन गरेको छ । गत आवको सोही अवधिमा भने १८ करोड ७३ लाख रकम अन्तःशुल्क अन्य औद्योगिकतर्फ राजस्व सङ्कलन गरेको थियो ।

कार्यालयले चालु आवमा आयकर प्राइभेट लिमिटेडतर्फ भने २३ करोड ३६ लाख राजस्व सङ्कलन गरेको छ । जबकी गत आवको सोही अवधिमा भने १६ करोड ९८ लाख राजस्व सङ्कलन गरेको थियो ।

चालु आवको छ महिनाको अवधिमा आयकर व्यक्तिगत वा एकलौटी तर्फबाट ८७ करोड ६४ लाख राजस्व सङ्कलन गर्यो भने गत आवको सोही अवधिमा भने ४७ करोड १२ लाख ५५ हजार राजस्व सङ्कलन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट