२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

तल्लो सोलु जलविद्युत आयोजना निर्माण अन्तिम चरणमा, भदौदेखि व्यवसायिक उत्पादन

बिहिवार , माघ २४, २०८१

काठमाडौं।  निर्माणाधीन ८२ मेगावाट क्षमताको तल्लो सोलुखोला जलविद्युत आयोजना निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजनाको भौतिक प्रगति ९५ प्रतिशत भएको तल्लोसोलु हाइड्रोपावर कम्पनी लिमिटेडले जनाएको छ । आयोजनाका जेनेरेटर, टर्वाइन जडान, हेडबक्स, विद्युतगृह, सुरुङमार्गलगायत संरचना निर्माण भएका छन् ।

कम्पनीका प्रबन्धक धर्मेन्द्र गोतामेका अनुसार आयोजनाको पेनस्टक टनेलको ‘बेक थ्रु’ को चरणमा पुगेको छ । उनले भने, “आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । अब पेनस्टक पाइपको मात्र बाँकी छ । आगामी भदौमा व्यवसायिक उत्पादन गर्ने हाम्रो लक्ष्य हो ।”

आयोजनाको प्रसारण लाइन निर्माण कार्य पनि ८० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको छ । एफएमओलगायतका युरोपियन बैंक इन्टरनेसनल फन्डिङ एजेन्सीको ऋण लगानीमा सन् २०१६ अगस्तदेखि निर्माण कार्य थालिएको थियो । आयोजना सेप्टेम्बर २०२५ भित्रमा पूरा गर्ने लक्ष्य राखिएको छ ।

सोलुदूधकुण्ड नगरपालिका–७ र ११ को सिमानामा पर्ने साल्मे क्षेत्रको सोलु खोलामा बाँध निर्माण गरी पानी संकलन गरिएको छ । उक्त पानी करिब छ किलोमिटर टाढाको तिङ्लाको भदौरेस्थित पावर हाउसमा झारिनेछ । यसका लागि पाँच किलोमिटर लामो सुरुङमार्ग निर्माण गरिएको छ ।

भौगोलिक कठिनाइ र लामो सुरुङमार्गका कारण अनुमानित लागतभन्दा अधिक खर्च हुनसक्ने उनको अनुमान छ । हाल आयोजनामा सात सय कामदार कार्यरत छन् । साथै सय जना स्थानीयले रोजगारी पनि पाएका छन् ।

आयोजना सम्पन्न भएपछि हिउँदमा न्यूनतम २३ मेगावाट र वर्षायाममा ८२ मेगावाट विद्युत् उत्पादन हुनेछ । उत्पादित विद्युत् तिङ्लास्थित १३२ केभी सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेव्यवसायिक घरना त्रिवेणी ग्रुप, विशाल ग्रुप, गोयल ग्रुप, राठी ग्रुप, जैन ग्रुप र वैद्य ग्रुपको संयुक्त लगानीमा आयोजना निर्माण भइरहेको छ ।

आयोजना बनाउन १६ अर्ब ६४ करोड ४० लाख रुपैयाँ लाग्ने अनुमान छ । आयोजनाको प्रति मेगावाट लागत २० करोड ३० लाख रुपैयाँ पुग्ने भएको छ । पहिला १५ अर्ब ८१ करोड १० लाख रुपैयाँ लागत अनुमान गरिएकोमा बढेको छ । यसअघि प्रति मेगावाट लागत १९ करोड ३० लाख रुपैयाँ थियो ।

कूल लागतमा ६० प्रतिशत स्वपुँजी (इक्विटी) र बैंकको ऋण ४० प्रतिशत हुने गरी लगानी संरचना बनाइएको छ । जसमा १० अर्ब रुपैयाँ स्वपुँजी आवश्यक पर्ने देखिएको छ । जसको ८० प्रतिशत लगानी भइसकेको छ । २० प्रतिशत साधारण सेयर (आइपिओ) बाट जुटाउने विकासकर्ता सोलु हाइड्रोपावरले जनाएको छ । नियामक नेपाल धितोपत्र बोर्डले स्वीकृति दिन गरेको ढिलाइले गर्दा आइपिओ निष्कासनमा ढिलाइ हुन गएको कम्पनीले जनाएको छ ।

आयोजना बनाउन सन् २०१४ डिसेम्बरमा विदेशी वित्तीय संस्था नेदरल्यान्ड डेभलपमेन्ट बैंक ९डिइजी० र ओपेक फर इन्टरनेसनल डेभलपमेन्टसँग ऋण लगानी सम्झौता भएको छ ।

स्थानीय बैंकको अगुवाइ प्राइम कमर्शियल बैंकले गरेको छ । प्राइमसहित ५ नेपाली बैंकले तल्लो सोलु आयोजनामा ऋण लगानी गरेका छन् । आयोजनामा नेपाली बैंकको नेतृत्व प्राइभ कमर्सियल बैंकले गरेको छ । जसअनुसार आयोजनामा एफएमओको ४ करोड ५० लाख डलर फिक्सड लोन र १ करोड डलर फोल्टिङ लोन रहेको छ । यस्तै डिइजीको २ करोड डलर फिक्सड र ५० लाख डलर फ्लोटिङ रहेको छ ।

प्राइम कमर्सियल बैंकले ८० करोड, नेपाल एसबीआई बैंकले ७० करोड, हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले ६० करोड रुपैयाँ ऋण लगानी गरेका छन् ।

यस्तै प्रभु बैंकको ५० र सिद्धार्थ बैंकको ४० करोड रुपैयाँ ऋण लगानी भएको छ । आयोजनाको बिजुली वर्षाको ८ महिना प्रति युनिट ४.८० र सुक्खायाममा ८.४० रुपैयाँमा विद्युत खरिद सम्झौता (पिपिए) भएको छ । पाँच पटक ३ प्रतिशतका दरले मूल्यवृद्धि हुने पिपिएमा उल्लेख छ । पिपिएको ५५ प्रतिशत अमेरिकी डलरमा भएको छ ।

कम्पनीको अध्यक्षमा सुभाषचन्द्र संघई छन् । यस्तै सञ्चालकमा विशाल अग्रवाल, विजयसिंह वैद्य, त्रिलोकचन्द्र अग्रवाल र आदित्य संघाइ रहेका छन् । आयोजनामा गोविन्दलाल संघइको ८.१६, नितिश अग्रवालको ७ र रामचन्द्र संघइको ४.९३ प्रतिशत हिस्सा छ ।

यो पनि : 

विशाल र त्रिवेणी ग्रुपको साढे १६ अर्बमा निर्माणाधीन तल्लो सोलुको काम ९३ प्रतिशत सकियो

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट