२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

उकालो यात्रामा सुन, तोलामा १ लाख ६८ हजार ५०० पुग्यो

बिहिवार , माघ २४, २०८१

काठमाडौँ । नेपाली बजारमा पछिल्लो समय सुनको मूल्य उकालो यात्रामा छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार सुनको मूल्य तोलामा १ हजार ६०० रुपैयाँ बढेको छ ।

यससँगै बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६८ हजार ५०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ६६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य आज सामान्य बढेको छ । बुधबार तोलामा १ हजार ९७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार तोलामा १ हजार ९८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट