logo

२०८१ बैशाख ४ मंगलबार

logo
  • मंगलबार, ४ बैशाख २०८१
  • खाजा कार्यक्रम सञ्चालन पछि नियमित रुपमा स्कुल जान थाले विद्यार्थी

    खाजा कार्यक्रम सञ्चालन पछि नियमित रुपमा स्कुल जान थाले विद्यार्थी

    4.7K
    Shares

    पाल्पा । रम्भा गाउँपालिकामा कक्षा ८ सम्मका बालबालिकालाई दिवा खाजा कार्यक्रम सञ्चालनमा ल्याइएको छ । खाजा दिने  कार्यक्रम सञ्चालनमा भएपछि विद्यार्थीहरु नियमितरुपमा कक्षा कोठामा उपस्थिति हुन थालेको विद्यालयले बताएको छ ।

    यस अघि  कक्षा ५ सम्मलाई मात्र   दिवा खाजा कार्यक्रम सञ्चालित गराएको थियो तर  सङ्घीय सरकारको सहयोगमा कक्षा पाँचसम्म सञ्चालनमा रहेको यो कार्यक्रम गाउँपालिकाको लगानीमा कक्षा ८ सम्म सञ्चालनमा आएको संयोजक बस्यालले बताए ।  खाजा कार्यक्रमपछि दिनभर घरमा बस्ने बालबालिका नियमितरुपमा उपस्थिति हुने र कक्षा छाडने दर न्यून भएको बस्याल बताएका  छन् ।

    कक्षा पाँचसम्मका लागि रु २० लाख र कक्षा ६ देखि ८ सम्मलाई रु १० लाख बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष विष्णु भण्डारीले बताए । 

    रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिकासँग जोडिएको पाल्पाको तिनाउ गाउँपालिकाले दिवा खाजा कार्यक्रम सञ्चालन गरी सबै बालबालिकालाई विद्यालयमा नियमित गराउन थालेको छ । तिनाउ गाउँपालिकास्तरीय शिक्षा समितिका सदस्य चक्रब्यूह थापाले दिवा खाजा कार्यक्रमले विद्यार्थी सङ्ख्या बढेको बताए । 

    शिक्षक र विद्यार्थीबीचको सम्बन्ध सुमधुर हुँदा शिक्षण सिकाइ प्रक्रियासमेत प्रभावकारी बनेको सदस्य थापाको भनाइ छ ।  स्थानीयस्तरमा उत्पादित पोषणयुक्त खाजा खाने विद्यार्थीमा स्वास्थ्यका दृष्टिकोण फाइदाजनक रहेको छ । 

    रैनादेवी छहरा गाउँपालिका(५ मुझुङ्गस्थित कालिका माविका प्रधानाध्यापक जर्नादन पोखरेलले दिवा खाजाले बालबालिकामा अल्छीपन नहुने हुदाँ शिक्षण सिकाइ प्रक्रियामा उत्साहका साथ सक्रियता रहने बताए ।

    पोषणयुक्त आहाराका कारण शारीरिकरुपमा समेत स्वच्छ रहन्छन् । निजी र सरकारी स्कूलबीचको समानता रहेका प्रअ पोखरेलको दाबी छ । दिवा खाजा कार्यक्रम सञ्चालनपछि विद्यालयमा विद्यार्थीको सङ्ख्या उत्साहजनक रहेको छ । 

    शिक्षा समिति सदस्य थापाका अनुसार प्रावि तहका बालबालिकाभन्दा बालशिक्षामा दिवा खाजापछि विद्यार्थीको आकर्षण बढ्दो रहेको छ।  


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend