२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

दोस्रो चरणको आर्थिक सुधार अध्यादेशबाट सुरु भयो, संसदबाट छिटो पारित गराैँ : पूर्व अर्थमन्त्री महत

बिहिवार , माघ २४, २०८१

काठमाडौं । पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले अब दोस्रो चरणको आर्थिक सुधारको प्रक्रिया थाल्नुपर्ने बताएका छन् । संघीय संसदको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै नेपाली कांग्रेसका प्रवत्तासमेत रहेका पूर्व अर्थमन्त्री डा. महतले सरकारले निजी क्षेत्रमैत्री अध्यादेश ल्याएर आर्थिक सुधारको काम सुरु गरेको बताएका छन् ।

२०४६ सालपछि नेपाली कांग्रेस नेतृत्व सरकारले पहिलो चरणको आर्थिक सुधार थालनी भएको बताउँदै अर्थतन्त्रलाई अघि बढाउन दोस्रो चरणको आर्थिक सुधार आवश्यक भएको उनले औल्याए । उनले अब कर प्रणाली सुधारको काम अघि बढाउन सरकारलाई सुझाएका छन् । सरकार आर्थिक रुपान्तरणका लागि ६ वटा आर्थिक विद्येयक संसदबाट पारित हुनुपर्नेमा उनले जोड दिएका छन् ।

अब सरकारले निजी क्षेत्रलाई आर्थिक विकासको इन्जिन बनाउनु पर्नेमा उनको जोड रहेको छ । ‘सरकारले आर्थिक गतिविधिमा नियमन भन्दा पनि सहजीकरण गर्नुपर्छ । निजी क्षेत्रको सहभागिता सुनिश्चित भएपछि सहज हुन्छ । त्यसैले वाह्य र भित्री लगानीलाई सहज गर्नुपर्छ । कर प्रणालीमा पनि सुधार आवश्यक छ’ उनले भने ।

उनले सरकारले अध्यादेश ल्याएका कारण आपत्ति जनाउनुपर्ने कारण नभएको बताउँदै उनले भने ‘आर्थिक मन्दीलाई समाधान गरेर आर्थिक गतिविधि बढाउन चुनौतीलाई चाँडै टुंग्याउने लक्ष्यका साथ ल्याइएको हो । अध्यादेशमा भएका विषयवस्तुमा छलफल गरौं र समधान निकालौं चाँडै पास गर्नुपर्छ ।’

सरकारले आर्थिक वृद्धिको पंहुच नागरिकमा पुर्याउनतर्फ केन्द्रीत हुनुपर्नेमा उनले जोड दिएका छन् । ‘६ वटा आर्थिक अध्यादेश किन ल्याएर भनेर प्रश्न गर्नु कुनै नयाँ कुरा हैन । अध्यादेशमा उल्लेखित बुँदामा समस्या छैन भने दुरुपयोग गर्ने लक्ष्यका साथ आएको हो भन्नुको कुनै तुक छैन’ उनले भने ।

कन्टेन्ट ठिक छ भने अध्यादेश ल्याएका कारण आपत्ति जनाउनु पर्ने कुनै कारण उनको भनाई छ । आर्थिक मन्दीलाई हटाएर चुनौति सामना गर्न अध्यादेश आएको उनको भनाई छ ।

आर्थिक कानुन बाझिएकाले समस्या आएको र लगानी सहज नबनाउने हो भने कोही पनि लगानी गर्न नआउने उनको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट