२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

वर्षमानले ल्याएको बजेट विसङ्गतीको चाङ भएको अर्थमन्त्री पौडेलको कटाक्ष

बिहिवार , माघ २४, २०८१

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालू आर्थिक वर्षको बजेट बजेटको सिद्धान्तमा भएर नआएको बताएका छन् । यो बजेट मुलुकका लागि बोझ भएको र विशेष परिस्थितीका कारण बजेट सदनमा पेश भयो र सदन पास गरेको उनले बताए । उनले बजेट ठिक ढंगले कार्यान्वय गर्न सकिने अवस्था नभएको उनले बताए ।

बजेटको अर्धवार्षिक मूल्याँकन प्रतिवेदन सार्वजनिक क्रममा पूर्व अर्थमन्त्री वर्षमान पुनको भनाइलाई काउन्टर गर्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।

मन्त्रिपरिषदको ३ करोड रुपैयाँ भन्दा कमको योजना बजेटमा समावेश गर्न भनिएको थियो । तर, पछि ७५ हजार रुपैयाँको योजनासमेत बिनियोजन गरिएको उनले बताए ।

३ करोड रुपैयाँ भन्दा कममा नजाने निर्णयलाई किन कार्यान्वयन गर्नुभयो अर्थमन्त्री पौडेलले पूर्व अर्थमन्त्री वर्षामान पुनलाई प्रश्न गरेका छन् । ‘विना तयारी, अध्ययन नगरी ७ हजार योजना ल्याएको र रातो किताव बोक्न काँध दुःख्ने अवस्था आएको उनको जिकिर छ । संघीयता भनेको यही हो । यो बजेट हो कि तमासा हो ?’ उनले भने

बिमालगायतका अनिवार्य दायित्व पनि बजेटमा विनियोजन नगर्दा अहिले भुक्तानी गर्न नसकेको उनले बताए । स्वास्थ्य मन्त्रालयमा ३० अर्ब रुपैयाँ छैन् । बजेटमा असङतीको चाङ छ । बजेटको विकल्पमा पुरक बजेटको बाटोमा नहिँडेर अर्धवार्षिक समीक्षामा हिँडेको उनको भनाई छ । निर्माण व्यवसायीलाई अघिल्लो वर्षको ३० अर्ब रुपैयाँ दायित्व यो वर्ष भुक्तानी गरेको अर्थमन्त्री पौडेलले बताए । ७ सय पुलको निर्माण सुनिश्चितता नभएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट