काठमाडौं । नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य सामान्य घटेको छ ।
लगातार उकालो यात्रामा रहेको सुनको मूल्यमा आज भने ब्रेक लागेको हो । आज सुन बिहीबारको तुलनामा प्रतितोला ४ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य घट्दै १ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
हिजो बिहीबार सुन तोलामा १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । बिहीबार सुनको मूल्य तोलामै १ हजार ६०० रुपैयाँ बढेको थियो ।
चाँदीको मूल्य आज सामान्य बढेको छ । बिहीबार तोलामा १ हजार ९८० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज १ हजार ९ सय ८५ मा किनबेच भैरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस