
काठमाडौं । द एमएडब्लू अर्थमुभर्स प्रालिले असाधारण बिक्री बजार हिस्सा र ग्राहक सन्तुष्टि लगायतका उपलब्धिहरूको कदर स्वरूप दक्षिण एसिया क्षेत्रका लागि डिलर अफ द इयर २०२५ प्राप्त गर्न सफल भएको छ।
अवार्डले निशर्त प्रतिबद्धता र बलियो ग्राहक सम्बन्धद्वारा निर्मित उत्कृष्ट प्रदर्शनलाई प्रतिबिम्बित गर्दछ।
यो उपलब्धि हासिल गर्न आवश्यक पर्ने निरन्तरको सहयोगका लागि आफ्ना सेवाहरूमा विश्वास राख्ने सबै ग्राहकहरूलाई कम्पनीले धन्यबाद व्यक्त गरेको छ।
जेसीबी इन्डिया लिमिटेडलाई सफलतातर्फ डोऱ्याउने कार्यकारीहरू ग्राहम म्याकडोनाल्ड र दीपक शेट्टीले संस्थाका तर्फबाट उक्त अवार्ड प्रदान गरेका थिए।
नवप्रवर्तन र उत्कृष्ट सेवाहरूप्रति कम्पनीको समर्पणले सबै सरोकारवालाहरूलाई असाधारण मूल्य प्रदान गर्दै उद्योगका मापदण्डहरू अझै उच्च बनाउन उत्प्रेरित गरेको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend