ताप्लेजुङ । ताप्लेजुङ बच्चा जन्मिएपछि अत्यधिक रक्तश्राव भएपछि हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार गरिएको छ । राष्ट्रपति महिला उत्थानशील परियोजना अन्तर्गत होलिकोप्टरमार्फत ताप्लेजुङ सिरिजङ्घा गाउँपालिका–५ पेदाङकी ३५ वर्षीया शान्ता भट्टराई लिम्बूको हेलिकोप्टरबाट उद्धार गरेर विराटनगर लगिएको हो ।
बच्चा जन्मने क्रममा बच्चाको हातमात्रै निस्किएर जटिलता उत्पन्न भएपछि राष्ट्रपति महिला उत्थानशील परियोजनाअन्तर्गत हवाई उद्धारका लागि हेलिकोप्टर मगाएको वडाध्यक्ष लिम्बूले बताए । उनको अहिले विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा उपचार भइरहेको वडाध्यक्ष लिम्बूले जानकारी दिए ।