
काठमाडौं। एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा गोविन्द घिमिरे नियुक्त भएका छन्।
बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले वरिष्ठ नायब कार्यकारी अधिकृत गोविन्द घिमिरेलाई सीइओ बनाउने निर्णय गरेको हो ।
दुई कार्यकाल बिताएका सीइओ सुनिल केसीको पदावधि चालु महिनाको मसान्तमा सकिँदै छ।
एक दशकभन्दा बढी समयदेखि एनएमबि बैंकमा आबद्ध घिमिरे कर्जा बैंकिङमा विशेष अनुभवीका रुपमा चिनिन्छन्।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend