मंगलबार, चैत्र १२ २०८१

मंगलबार, चैत्र १२ २०८१

कुलमान प्रकरण : ऊर्जामन्त्रीलाई राम्रो काम गर्न नसके नराम्रो पनि नगर्न गगन थापाको सुझाव

कुलमान प्रकरण : ऊर्जामन्त्रीलाई राम्रो काम गर्न नसके नराम्रो पनि नगर्न गगन थापाको सुझाव

सिन्धुली । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ऊर्जामन्त्री दीपक खड्कालाई लक्षित गर्दै राम्रो काम गर्न नसके नराम्रो पनि नगर्न सुझाव दिएका छन् ।

महामन्त्री थापाले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउन अहिले सरकार नै लागेको टिप्पणी गरे ।

उनले तीन–चार महिनामा सेवा निवृत्त हुने एउटा व्यक्तिको पछि सरकार नै लाग्नु ठिक नभएको बताए । महामन्त्री थापाले मन्त्रीहरू नचाहिने काममा लागे त्यसलाई रोक्ने काम प्रधानमन्त्रीको भएको बताए ।

उनले भने, ‘सरकारमा बस्नेले कि राम्रो गर्नुस् नभए नराम्रो नगर्नुस् । ५० वटा राम्रो काम भएको बेला एउटा नराम्रो काम भयो भने दुख लाग्छ । नराम्रो कामले राम्रो काम पनि छोपिन्छ । उर्जा मन्त्रालयअन्तर्गत विद्युत प्राधिकरण प्रकरण छ अर्को प्रमुख प्रशासकीय अधिकृत प्रकरण छ । मैले बुझ्न सकिरहेको छैन, बदनियत हो कि ढङ्ग नपुगेको हो ।’

ऊर्जा मन्त्रालयले कुलमानलाई पटक-पटक स्पष्टीकरण सोधेको थियो भने हालै मन्त्रिपरिषदले पनि स्पष्टीकरण सोधेको छ ।

त्यस्तै, शनिबार सिन्धुलीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै थापाले कांग्रेसले चाहेकै दिन एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढल्ने पनि बताए । कांग्रेसले अहिले सरकार बदल्न नचाहेको बताउँदै अब केही समय एमालेले नेतृत्व गर्ने र त्यसपछि कांग्रेसले सरकारको नेतृत्व गर्ने बताए ।

सरकारलाई राम्रो काम गरेर सफल हुन सुझाव दिँदै उनले भने, ‘प्रधानमन्त्रीले राम्रो कामको श्रेय पनि पाउँछ, नराम्रो कामको अपजस पनि लिनुपर्छ ।’

यो पनि पढ्नुहोस् :

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend