
काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले काठमाडौंका केही स्थानमा दुई महिनाका लागि निषेधाज्ञा जारी गरेको छ ।
जिल्ला प्रशासनले फागुन २५ गतेदेखि लागू हुने गरी विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको हो ।
जिल्ला प्रशासन कार्यालयका अनुसार कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका कार्यालय, अति विशिष्ट व्यक्तिहरूको निवास तथा मुख्य प्रशासनिक केन्द्र र त्यस आसपासका ठाउँमा निषेधाज्ञा जारी गरिएको हो ।
यस्ता ठाउँमा पाँच जनाभन्दा बढी भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा लगायतका विरोधका कार्यक्रम गर्न पाइने छैन ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend