स्याङ्जा । नेपाल प्रहरीले स्याङ्जामा ७० थान अवैध सालको काठ बरामद गरेको छ । गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय स्याङ्जा मातहत ईलाका प्रहरी कार्यालय चापाकोटबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले चापाकोट नगरपालिका वडा नं. ५ विष्टारी बस्ने ४० बर्सीय बिपिन डोटेलको बाख्रा फर्ममा ७० थान अवैध सालका काठ बरामद गरेको हो ।
सालको चिरान थान २२, पोलसाईजको थान ४४, रुखसाईजको थान ४ गरी जम्मा ७० थानसालको काठ लुकाई छिपाई राखेको अवस्थामा फेला परेको हो ।
डोटेललाई पक्राउ तथा काठ बरामद गरि फागुन एक गते थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागी सब डिबिजन बन कार्यालय दामाचौर, स्याङ्जामा पठाईएको जिल्ला प्रहरी कार्यलय स्याङ्जाका प्रवक्ता, प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए ।