मंगलबार, चैत्र १२ २०८१

मंगलबार, चैत्र १२ २०८१

‘राजतन्त्र ल्याउँछु भन्नु असम्भव हो’ : गिरीराजमणि पोखरल

‘राजतन्त्र ल्याउँछु भन्नु असम्भव हो’ : गिरीराजमणि पोखरल

कटारी (उदयपुर) । नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरीराजमणि पोखरलले राजतन्त्र ल्याउँछु भन्नु असम्भव रहेको बताएका छन् ।

आज यहाँ पार्टीको तेस्रो नगर अधिवेशनलाई सम्बोधन गर्दै पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका पोखरेलले लोकतन्त्र, गणतन्त्रका लागि हिजो सबै पार्टीका योगदानको स्मरणगर्दै उनले फेरि सबै मिलेर सुदृढ गणतन्त्रको रक्षा गर्नुपर्नेमा जोड दिए । हालको अवस्थामा राजतन्त्र ल्याउँछु भन्नु समुन्द्र फर्काउँछु भनेझैँ हुने उनको भनाइ थियो ।

“हिजो महान जनयुद्ध, बृहत जनआन्दोलन, मधेस आन्दोलन, आदिवासी जनजाति आन्दोलन सबैखाले आन्दोलनको जगमा हामीले गणतन्त्र ल्याएका हौँं”, उनले भने, “हामीले निर्माण गरेको संविधानमा उल्लेखित गणतन्त्र, समावेशिता, समाजवादको उपलब्धिमाथि प्रहार भइरहेको छ ।”

नेपाली जनताको चेतना धेरैमाथि उठिसकेकाले उनले सबै मिलेर गणतन्त्रको रक्षा गर्नुपर्ने बताए । कार्यक्रममा उनले कटारीका सहिद परिवारलाई सम्मान गरेका थिए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend