मंगलबार, चैत्र १२ २०८१

मंगलबार, चैत्र १२ २०८१

होलीमा बिहानैदेखि कडा चेकिङ, नियम उल्लंघन गरे दिनभरी सवारीसाधन होल्ड गरिने

होलीमा बिहानैदेखि कडा चेकिङ, नियम उल्लंघन गरे दिनभरी सवारीसाधन होल्ड गरिने

काठमाडौं । आज होली पर्व । होलीमा आज बिहानैदेखि काठमाडौं उपत्यका लगायत विभिन्न ठाउँमा कडा ट्राफिक चेकिङ गरिएको छ । आजको दिन नियम उल्लंघन गरेँ दिनभरी सवारीसाधन होल्ड गरिने ट्राफिक प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उपत्यकाका ७५ ठाउँमा चेकपोस्ट खडा गरी चेकिङ भइरहेको छ ।

मादक पदार्थ सेवन (मापसे) र लागु पदार्थ सेवन (लापसे) गरी चलाएका सवारी साधन होल्ड र चालकलाई प्रहरीसँग समन्वय गरी नियन्त्रणमा लिइने छ ।

काठमाडौँ उपत्यका लगायत पहाडी क्षेत्रमा बिहीबार रङको पर्व होली मनाइँदै छ । तराईका क्षेत्रमा भोलि (शुक्रबार) मनाइँनेछ ।

तस्बिरहरु : नेपाल फोटो लाईब्रेरी

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend