logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • नेपालगञ्ज उपमहानगरपालिकाको स्वास्थ्य जन्य फोहर व्यवस्थापन जर्मनीले गरिदिने  

    नेपालगञ्ज उपमहानगरपालिकाको स्वास्थ्य जन्य फोहर व्यवस्थापन जर्मनीले गरिदिने  

    4.6K
    Shares

    बाँके । स्वास्थ्यजन्य फोहर व्यवस्थापनका लागि नेपालगञ्ज उपमहानगरपालिका र जर्मन सहयोग कार्यक्रम जिआइजेड स्वास्थ्य क्षेत्रका लागि सहयोग कार्यक्रमबीच सोमबार द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । 

    समझदारी पत्रमा उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणा र जिआईजेड स्वास्थ्य क्षेत्रका लागि सहयोग कार्यक्रमका प्रमुख प्राविधिक सल्लाहकार एलेक्कजेन्ड्रा पुलुस्केले हस्ताक्षर गरे । स्वास्थ्यजन्य फोहर व्यवस्थापनका लागि प्राविधिक तथा उपकरणको सहयोग जिआईजेडले गर्ने भएको छ । उपमहानगरपालिकाले भवन निर्माण प्रक्रिया शुरु गरेको छ । समझदारीपत्रमा हस्ताक्षर गर्दै नगर प्रमुख डा धवल शम्शेर राणाले स्वास्थ्य क्षेत्रको हवको रुपमा रहेको नेपालगञ्जमा स्वास्थ्यजन्य फोहर व्यवस्थापन हुनु आफैमा ठूलो उपलब्धि भएको बताए । 

    उनले सम्झौतानुसार उपमहानगरपालिकाले छिट्टै भवनको काम अघि बढाइने बताए । नगर उपप्रमुख उमा थापा मगरले नगरको चाहनाको परियोजना सञ्चालन भएकामा खुशी लागेको भन्दै आगामी दिनमा पनि निरन्तर सहकार्यको अपेक्षा रहेको बताइन् । रासस  


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend