
काठमाडौँ । गायक तथा मोडल दुर्गेश थापाले एसईई परीक्षा अवधिभर कुनै पनि कार्यक्रम नगर्ने घोषणा गरेका छन् । दुर्गेशले एक विज्ञप्ति मार्फत यस्तो घोषणा गरेका हुन् ।
उनले एसईई परीक्षा विद्यार्थीहरुको महत्त्वपूर्ण समय भएकोले यस अवधिभर आफूले कुनैपनि कार्यक्रम नगर्ने जनाएका छन् ।
उनले विज्ञप्तिमा भनेका छन्, ‘एसईईको परीक्षाको शुभकामना । यस अवधिभर कुनै पनि कार्यक्रम नगर्ने घोषणा गर्दछु ।’
गायक थापा पछिल्लो समय स्टेज कार्यक्रमहरुमा सबैभन्दा बढी व्यस्त हुनेमध्येमा पर्छन् ।
यस्तो छ विज्ञप्ति :
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend