logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • स्याङ्जामा वडा कार्यलय तोडफोड गर्नेलाई कारबाही नभएको उजुरीकर्ताको गुनासो 

    स्याङ्जामा वडा कार्यलय तोडफोड गर्नेलाई कारबाही नभएको उजुरीकर्ताको गुनासो 

    3.3K
    Shares

    स्याङ्जा । वडा कार्यलय तोडफोडको बिषयमा परेको किटानी जाहेरीमा प्रहरीले सक्रियता नदेखाएको पीडितले गुनासो गरेका छन् । 
    कालीगण्डकी गण्डकी गाउँपालिका वडा नम्बर ३ को कार्यलय तोडफोड गर्ने तथा वडा अध्यक्षलाई ज्यानमार्ने धम्की विरुद्ध परेको किटानी जाहेरीमा अहिलेसम्म प्रहरीले अपराधी पक्राउ गरेर कारबाहीको दायरामा ल्याउन नसकेको सोही वडाका वडा अध्यक्ष राम बहादुर आलेको गुनासो छ ।

    ‘मेरो वडा कार्यलयमा तोडफोड भएपछि म स्वयं उपस्थित भएर किटानी जाहेरी दिएको थिए तर अहिलेसम्म कुनै कारबाही प्रक्रिया अगाडि बढेको छैन’,अध्यक्ष आलेले भने । ‘वडा कार्यलयको सार्वजनिक सम्पति तोडफोड भएपछि म लगायत साथीहरूको उपस्थितिमा यहि फागुन ५ गते किटानी जाहेरी दिएका थियौ तर ती तोडफोड गर्ने ब्यक्ति उपर कुनै कारबाही भएन’, आलेले सुनौलो नेपालसंगको कुराकानीमा भने । 

    स्वास्थ्य चौकीको बिषयमा फागुन ३ गते वडामा भएको भेलामा सोही वडाका खुम बहादुर आले, इन्द्रबहादुर थापा र रेशम सिङ थापाले वडा कार्यलयका टेबुल कुर्ची तोडफोड गर्नुका साथै वडा अध्यक्ष समेतलाई ज्यान मार्ने धम्की दिएको भन्दै वडा अध्यक्ष राम बहादुर आले, भगवती पाण्डे, उम बहादुर थापा, लोक बहादुर सुनुवार र फुलमाय सार्कीले फागुन ५ गते वडा प्रहरी कार्यलय वालिङमा संयुक्त रूपमा उजुरी दिएका थिए । 

    स्याङ्जा प्रहरी प्रमुख होबिन्द्र बोगटीले भने उजुरी उपर काम भइरहेको र अपराधीक गतिविधि गर्ने जो कोहि लाई पनि कानुनको दायरामा ल्याइने बताएका छन् । उनले सुनौलो नेपालसंग कुराकानी गर्दै भने, ‘कुनै पनि अपराधीक गतिविधि विरुद्ध स्याङ्जा प्रहरी शसक्त रूपमा लाग्छ ।’ यो निवेदनको बिषयमा पनि काम भैरहेको उनको भनाइ छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend