गोरखा । गोरखाको बारपाक-सुलीकोट गाउँपालिमा एकै घरका तीन जना सुतेकै ठाउँमा मृत्त भेटिएका छन् । बारपाक सुलिकोट गाउँपालिका–१ को धामीटोलको एक घरका तीन जना सोमबार बिहान मृत भेटिएको प्रहरीले जानकारी दिएको छ ।
इलाका प्रहरी कार्यालय जौबारीका प्रहरी निरीक्षक ईश्वर लौडारीका अनुसार एक जना वृद्ध, उनकी बुहारी र अर्की एक बालिका छोरीकी छोरी मृत अवस्थामा भेटिएका हुन् । बिहान ढिलासम्म घरको ढोका नखुलेपछि अर्को घरमा बस्दै आएकी बुहारीले ढोका खोलेर हेर्दा तीनै जना मृत्त भेटिएको स्थानीयलाई उदृत गर्दै लौडारीले जानकारी दिए ।
मुखबाट फिज निस्किरहेको अवस्थामा शव भेटिएकाले कुनै विषक्त खानेकुरा खाएको हुनसक्ने अनुमान गरिएको छ । प्रहरी निरीक्षक लौडारीको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गइरहेको छ । प्रहरी घटनास्थल नपुगेकाले मृतकको विवरण प्राप्त भएको छैन । ‘हामी घटनास्थलतर्फ जाँदैछौ, पुगेपछि मात्र थप कुरा बोल्न सकिन्छ ।’