logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • सकियो फिल्म ‘मनसँग मन’ को छायाँकन 

    सकियो फिल्म ‘मनसँग मन’ को छायाँकन 

    4.9K
    Shares

    काठमाडौँ । फिल्म ‘मनसँग मन’को छायाँकन सकिएको छ । ‘सही दिउँला तिम्रो लागि’ गीतको छायाँकनसँगै फिल्म सकिएको निर्माण पक्षले जानकारी दिएको छ । यस गीतको छायाँकन कालिनचोकमा गरिएको हो ।

    रमजी लामिछानेको कोरियोग्राफी रहेको यस गीतमा पुष्प खड्का र वर्षा सिवाकोटीको अभिन्य रहेको छ । गीतमा मुकेश उदासको शब्द, रोशन हिङ्गमाङ्ग र अस्मिता अधिकारीको स्वर रहेको गीतमा अर्जुन पोखरेलको संगीत दिएका छन् ।

    यस फिल्मलाई कैलाश राईको निर्देशन गरेका हुन भने अरुण तामाङ निर्माता हुन् । सौरभ लामाको छायांकन, अर्जुन जीसीको सम्पादन रहेको फिल्ममा सन्तोष खवासको एक्सन छ । 

    पुष्प र वर्षाकै मुख्य भूमिका रहेको यो फिल्म आगामी २७ चैत्रमा रिलिज हुने बताइएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend