logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • सरकारको नाममा अझै फर्किएन धोबीखोलाको जग्गा

    सरकारको नाममा अझै फर्किएन धोबीखोलाको जग्गा

    2.7K
    Shares

    काठमाडौं । अनामनगरमा धोबीखोलाको पाँच रोपनी सार्वजनिक जग्गा अझै व्यक्तिको नाममा रहेको पाइएको छ। यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १२ वर्षअघि सरकारको नाममा कायम गर्न भने पनि उक्त निर्देशनअनुरूप काम भएको छैन । धोबीखोलाको जग्गा भूमाफियाको मिलेमतोमा व्यक्तिको जग्गामा घुसेको, घुसाएको र हक कायम गराएको देखिएको छ।

    कतिपय जग्गा एक व्यक्तिबाट अर्को व्यक्तिलाई बेचबिखनसमेत भइसकेका छन्। धोबीखोलाको सरकारी जग्गा २० जनाभन्दा बढी व्यक्तिको नाममा दर्ता गरिएको हो।

    सामाजिक विकास समाज अनामनगरका महासचिव रक्षबहादुर रैका मगरले अख्तियारको निर्णय कार्यान्वयन गर्न सर्वोच्च अदालतले दिएको आदेश मालपोत कार्यालयले बेवास्ता गरेको बताए। मालपोतले त्यो जग्गा व्यक्तिबाट सरकारको नाममा कायम गर्न तत्काल पहल गर्नुपर्ने मगरको माग छ।

    सरकारले सार्वजनिक जग्गा सरकारकै नाममा कायम गर्न भन्दै बोर्ड राखे पनि व्यावहारिक रूपमा कार्यान्वयन हुन नसकेको हो। व्यक्तिका नाममा कायम भएका जग्गा सरकारको नाममा ल्याउन ०६५ मंसिर १५ गते मालपोत कार्यालय डिल्लीबजारलाई निर्देशन दिने निर्णय गरिएको थियो। 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend