logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • संसद विघटनविरुद्ध परेका मुद्दामा ‘हेर्दाहेर्दै’ को पेसी आज

    संसद विघटनविरुद्ध परेका मुद्दामा ‘हेर्दाहेर्दै’ को पेसी आज

    3K
    Shares

    काठमाडौं । संसद विघटनविरुद्ध परेका रिट निवेदनमाथि सर्वोच्च अदालतले आजका लागि ‘हेर्दाहेर्दै’ को पेसी तोकेको छ । गएको पुस ६ गते सर्वोच्चमा दर्ता भएको मुद्दामा दुवै पक्षको बहस सकिएपछि मंगलबार पेशी तोकिएको हो ।

    यसअघि सोमबार दुवै पक्षका वकिलले बहस नोट बुझाएका थिए । झण्डै दुई महिना लामो बहसपछि प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणा नेतृत्वको पाँच सदस्यीय संवैधानिक इजलासले फैसला सुनाउने तयारी गरेको छ । स्रोतका अनुसार अब बढीमा दुई(तीन दिनभित्र सर्वोच्चले फैसला सुनाउने छ । सर्वोच्चले संसद विघटनलाई सदर गरिदिन्छ कि बदर भन्नेमा सर्वत्र चासो छ ।

    गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेकी थिइन् । प्रतिनिधि सभा विघटन भएपछि नेकपा दुई खेमामा विभाजित भएको छ ।

    अहिले ओली समूह प्रतिनिधि सभा विघटनको बचाउ र निर्वाचनको पक्षमा छ भने पुष्पकमल दाहाल र माधव नेपाल नेतृत्वको नेकपा भने प्रतिनिधि सभा विघटनविरुद्ध सडक आन्दोलनका कार्यक्रम गर्दै आएको छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend