logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • निर्वाचनका लागि २५ करोड रुपैयाँ बराबरको सामग्री किन्दै निर्वाचन आयोग

    निर्वाचनका लागि २५ करोड रुपैयाँ बराबरको सामग्री किन्दै निर्वाचन आयोग

    4.6K
    Shares

    काठमाडौं । निर्वाचन आयोगले मध्यावधी चुनावका लागि झण्डै २५ करोड रुपैयाँ बराबरको सामग्री किन्ने प्रक्रिया अघि बढाएको छ। आयोगले मतदानमा आवश्यक स्वस्तिक छाप, मतपेटिका स्टिकर, नमेटिने मार्कर लगायतका एक दर्जन बढी सामग्रीहरु खरिद प्रक्रिया अघि बढाएको हो ।

    आयोगले चुनावका लागि आवश्यक पर्ने ३६ प्रकारका सामग्रीमध्ये २१ प्रकारका सामग्री किन्नका लागि आज बोलपत्र आह्वान गरेको हो । आउँदो वैशाख १७ र २७ गतेका लागि तोकिएको मध्यावधि चुनावका लागि आयोगले सामग्री खरिद प्रक्रिया अघि बढाएको हो ।

    आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले सात दिनको समयसीमा तोकेर बोलपत्र आह्वान गरिएको जानकारी दिए । बोलपत्रदाताहरुले आजदेखि १७ गतेभित्र बोलपत्र फारम खरिद गरिसक्नुपर्ने र १८ गते दिउँसो १२ बजेसम्म सिलबन्दी बोलपत्र आयोगमा दर्ता गरिसक्नुपर्ने आयोगका प्रवक्ता श्रेष्ठले जानकारी दिए । 

    सरकारले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरी आगामी वैशाख १७ र २७ गते दुई चरणमा प्रतिनिधिसभा निर्वाचन गर्ने निर्णय गरेको छ । यद्यपि यो निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेकाले फैसला आउन बाँकी नै छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend