logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • आमाले गरिन् छोरीको हत्या 

    आमाले गरिन् छोरीको हत्या 

    4.1K
    Shares

    बुटवल । रुपन्देहीको मायादेवी गाउँपालिकामा आमाले छोरीको हत्या गरेकी छन् । मायादेवी गाउँपालिका वडा नम्बर ३ हरहरवाकी २१ वर्षिया प्रेमा यादवले एक वर्षकी आफ्नै छोरीको हत्या गरेकी हुन् ।

    छोरीको हत्या गरेर उनले आत्महत्या गर्ने प्रयास गरेको प्रहरीले जनाएको छ ।आइतबार राती ९ बजे एक बालिकाको शंकास्पद मृत्यु भएको र आफन्तले नजिकैको खोलामा लगेर शव गाडेको भन्ने खबर प्राप्त गरेपछि प्रहरी शव गाडेको ठाउँमा पुगेको थियो ।

    दानव खोला नजिक शंकास्पद ठाउँमा खनेर हेर्दा बालिकाको शव गाडेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बताएको छ ।

    घाँटीमा दाग देखा परेपछि शव पोष्टमार्टमको लागि भैरहवा भिम अस्पताल पठाइएको थियो ।छोरीको हत्यापछि उनले घरमै आत्महत्याको प्रयास गरेको प्रहरीले जनाएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend