logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • रवि लामिछानेले सञ्चालनमा ल्याए ‘ग्यालेक्सी फाेर के’ टेलिभिजन च्यानल

    रवि लामिछानेले सञ्चालनमा ल्याए ‘ग्यालेक्सी फाेर के’ टेलिभिजन च्यानल

    5.4K
    Shares

    काठमाडाैं । सञ्चारकर्मी रवि लामिछानेले नयाँ टेलिभिजन च्यानल सञ्चालनमा ल्याएका छन् । लामिछानेसहितकाे टीमले मंगलबार काठमाडाैंमा एक कार्यक्रमकाे आयाेजना गरेर ‘ग्यालेक्सी फाेर के’ नामक टेलिभिजन च्यानल सञ्चालनमा ल्याएकाे घाेषणा गरेका हुन् ।

    लामिछानेले नेपालमै पहिलाे पटक फाेरके प्रविधिबाट टेलिभिजन सञ्चालन गर्न लागेकाे जानकारी गराए । 

    न्यूज २४मा कार्यक्रम सिधाकुराबाट निक्कै चर्चित भएका लामिछानेले टिभि च्यानल खाेल्न उक्त संस्थाबाट बाहिरिएका थिए । सिधाकुरा जनतासँग नामक कार्यक्रममा न्यूज २४ ले दाबी गरेपछि ग्यालेक्सिबाट ‘सिधाकुरा…’ नामक कार्यक्रम सञ्चालन गरिने भएकाे लामिछानेले बताएका छन् । 

    टेलिभिजनकाे प्रवन्ध निर्देशक समेत रहेका लामिछानेले ग्यालेक्सि टेलिभिजनले भरपुर मनाेरञ्जन दिने दाबी पनि गरेका छन् । लामिछानेकाे सिधा कुरासहित, नेपालीमा रामायण, काे बन्छ कराेडपति, क्राइम पेट्राेल नेपाल, लाल माेहाेर, सारेगमलगायतका कार्यक्रम टेलिभिजनबाट प्रसारण हुने जानकारी गराइएकाे छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend