logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    पाँच वर्षअघि उपभोग्य मिति सकिएको दाललाई नयाँ मिति राखेर बेच्ने गरेको खुलासा

    पाँच वर्षअघि उपभोग्य मिति सकिएको दाललाई नयाँ मिति राखेर बेच्ने गरेको खुलासा

    3.3K
    Shares

    विराटनगर । पाँच वर्षअघि उपभोग्य मिति सकिएको रहरको दाल बिक्री गरेको आरोपमा विराटनगरका एक व्यापारीलाई बुधबार तीन लाख रुपैयाँ जरिवाना गरिएको छ ।

    उद्योग वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले गरेको अनुगमनका क्रममा निखिल जैसानी बोहोरा प्रोपाइटर रहेका जैसानी ट्रेड कन्सर्न विराटनगर–७ को गोदामबाट उपभोग्य मिति गुज्रिएको दाल १५ केजी तौल भएको दुई हजार सात सय बोरा बरामद भएको छ ।

    व्यापारी बोहोराले उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलबाड गर्दै सन् २०१३ मा उत्पादन भएको उक्त रहरको दालको म्याद सकिने समय सन् २०१५ रहेकोमा बोरामा सन् २०२० मा उत्पादन भएको र म्याद सकिने मिति सन् २०२२ राखेर बजारमा बिक्री गर्ने गरेको अनुगमनका क्रममा  थाहा भएको कार्यालयका निमित्त प्रमुख सन्तोष पोखरेलले जानकारी दिए ।

    उक्त दाल भारतबाट आयात गरिएको हो । उपभोग्य म्याद सकिएको खाद्यवस्तुमा नयाँ लेबल लगाएर पुनः बिक्री वितरण गरेको भेटिएपछि कार्यालयले जरिवाना गरेको हो । बोहोराले उक्त दाल विराटनगरसहित मुलुकभरि थोकमा बिक्री वितरण गर्दै आएका छन् । बजारमा समेत म्याद सकिएको ठूलो परिमाणमा दाल पठाएको हुनसक्ने आशंकामा अनुगमनलाई तीव्रता दिने कार्यालयले जनाएको छ । व्यापारी बोहोराले म्याद सकिएको मितिलाई मेटाएर सोही स्थानमा नयाँ लेबल ९स्टिकर० राखेर दाल बजारमा पठाउँदै आएका थिए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend