logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • ‘एक साँझ शिवका माझ’

    ‘एक साँझ शिवका माझ’

    2.3K
    Shares

    झापा । पूर्वको पशुपतिनाथ ‘अर्जुनधारा जलेश्वरधाम’मा यस वर्षको महाशिवरात्रि पर्वका अवसरमा प्रदेश नं १ स्तरीय एकल ताण्डव नृत्य तथा गायन प्रतियोगिता हुने भएको छ । यही फागुन २७ गते महाशिवरात्रिका दिन ‘एक साँझ शिवका माझ’ कार्यक्रमअन्तर्गत सो प्रतियोगिता हुने भएको हो ।

    प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई नगद पुरस्कार क्रमशः रु ५१ हजार, रु ३१ हजार र रु २१ हजार तथा सान्त्वना हुने दुई जनालाई जनही रु पाँच हजार पुरस्कार प्रदान गरिने धाम समितिका अध्यक्ष नवीन गट्टानीले बताएका छन् ।  उनका अनुसार एकल शिव भजन गायन प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई नगद पुरस्कार क्रमशः रु ३१ हजार, रु २१ हजार र रु ११ हजार तथा सान्त्वना हुने दुई जनालाई जनही रु दुई हजार प्रदान गरिने छ ।

    प्रतियोगितामा सहभागी हुने प्रतियोगीले ताण्डव नृत्यका लागि रु  एक हजार र शिव भजनका लागि रु ५०० शुल्क बुझाउनुपर्ने समितिका कोषाध्यक्ष मनोज जोशीले बताए। दुवै प्रतियोगिताको अडिशन प्रारम्भिक छनोट फागुन २५ र २६ गते हुने बताइएको छ । दुवै विधामा ५०÷५० जना सहभागी हुने अपेक्षा गरिएको उनको भनाइ छ ।

    अडिसनबाट अन्तिम १० जनालाई छनोट गरिने तथा तीमध्ये पाँच जनालाई पुरस्कृत गरिने आयोजकले जनाएको छ । यस कार्यक्रम सम्पन्न गर्न कम्तीमा रु पाँच लाख खर्च हुने कोषाध्यक्ष जोशीले बताए । धाममा फागुन २५ गते बिहान ९ बजे यज्ञ समुद्घाटन, २६ गते यज्ञ, पूजा, पाठ, हवन, रुद्राभिषेक, प्रवचन, भजन कीर्तन र २७ गते भक्तजनद्वारा जलेश्वर नाथको पूजा आराधना, जलाभिषेक, तिलक प्रसाद, धार्मिक प्रवचन साथै चार प्रहर पूजा, विशेष रुद्राभिषेक, श्रृङ्गार, आरतीलगायत हुने बताइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend