logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • बन्धक बनाइ फिरौती माग्ने तीन पक्राउ

    बन्धक बनाइ फिरौती माग्ने तीन पक्राउ

    3.5K
    Shares

    मोरङ । शरीर बन्धक बनाइ रु १० लाख फिरौती माग्ने तीन जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले आज पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१६ बस्ने २० वर्षीय रोहित पण्डित, दरैयाकै २१ वर्षीय अजय यादव तथा विराटनगर महानगरपालिका–६ रामपुर निवासी २८ वर्षीया सन्ध्या शर्मा रहेको प्रहरी प्रवक्ता मानबहादुर राईले जानकारी दिए ।

    निजले विराटनगर महानगरपालिका–१८ खोक्सा निवासी २३ वर्षीय  सुभाष कामतलाई शनिबारदेखि बन्धक बनाएर रु १० लाख माग गरेको सूचना प्रहरीले प्राप्त गर्नसाथ गरिएको अनुसन्धानबाट अभियुक्तहरु पक्राउ परेको प्रवक्ता राईको भनाइ छ । प्रहरीले बन्धकमा राखेका व्यक्तिलाई दुई घण्टाभित्र विराटनगर महानगरपालिकाअन्तर्गत रामपुर बस्तीबाट सकुशल उद्धार गरेको थियो । प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ । रासस 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend