
काठमाडौं । भारत प्रशासित जम्मू कश्मीरमा बन्दुकधारीहरूले मंगलबार गरेको हमलामा २६ जना पर्यटकको ज्यान गएको छ ।
जसमा एक नेपाली युवकको पनि मृत्यु भएको छ । हमलामा परी मृत्यु हुनेमा रुपन्देही बुटवल घर भएका २७ वर्षीय सुदीप न्यौपाने रहेको पुष्टि भएको छ।
दिल्लीस्थित नेपाली दूतावासलाई उदृत गर्दै बीबीसी नेपालीले सुदीप आमा रिमा पाण्डे, दिदी सुष्मा र भिनाजु उज्ज्वल काफ्लेसहित कश्मिर घुम्न गएका थिए । नेपाली राजदूतावासका अनुसार मृतक धरानमा इन्जिनिअरिङ विषय अध्ययरत विद्यार्थी थिए।
ूउनकी आमालाई पनि भाग्ने क्रममा चोटपटक लागेको लागेको बताइएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर १४ का वडाध्यक्ष दधिराम न्यौपानेका अनुसार सुदिपको शवलाई बुधबार नेपाल ल्याउने तयारी गरिएको छ । वडाध्यक्ष न्यौपाने र सुदिप न्यौपाने नातामा काका भतिज हुन् ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार पहलगाम हमलामा परी २६ जनाको ज्यान गएको छ भने अन्य १० जना घाइते भएका छन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend