logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  •  पल र मलिकाको जोडी अब फिल्ममा 

     पल र मलिकाको जोडी अब फिल्ममा 

    3.7K
    Shares

    काठमाडौँ । पल शाह र अभिनेत्री मलिका महतको जोडि अहिले दर्शकहरुले हदै मन पराएका छन् । केहि समय अघि सार्वजनिक भएको ‘फुलबुट्टे सारी’ गीतमा उनीहरुले पहिलो पटक काम गरेका थिए । यो गीतलाई यूट्युबमा अहिलेसम्म तीन करोडभन्दा बढी पटक हेरिसकिएको छ । यस गीत पछि यो जोटिले  ‘टाढा भए पनि’ बोलको गीतमा अभिनय गरे, जुन अहिले चर्चाको शिखरमा छ ।

    म्यूजिक भिडियोमा सर्वाधिक रुचाइएको यो जोडीलाई अब फिल्ममा पनि हेर्न पाइने भएको छ । पल र मलिकाको जोडी बाँधेर ‘फुलबुट्टे साडी र टाढा भए पनि’ गरी दुईवटा म्यूजिक भिडियो बनाएको केन्द्र मोशन पिक्चरस्ले उनीहरुलाई लिएर फिल्म निर्माण गर्न लागेको बताएका छन् । हाल पोखरामा फिल्मको स्क्रिप्टमा काम भइरहेको केन्द्र मोशनले जानकारी दिएका छन्।

    फिल्मलाई निर्देशक माओत्से गुरुङले निर्देशन गर्ने बताएका छन्। उनी अहिले फिल्मको स्क्रिप्टमा काम गरिरहेका छन् ।अबको ६ महिनाभित्र यस फिल्मको छायांकनमा निस्कने तयारीमा निर्माण टिमको छ ।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend